कोरोना भाइरसबाट संक्रमितको कूल संख्या ५३ हजार एक सय २०
काठमाडौं । गत २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमणका कारण ११ पुरुष र ३ महिला सहित थप १४ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
यो सँगै संक्रमणपछि मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको प्रा.डा गौतमले जानकारी दिनुभयो ।
संक्रमणबाट काठमाडौका ३ जना, भक्तपुरका र रुपन्देहीका २–२ जना, सुनसरी, पर्सा, चितवन, तनहुँ, स्याङ्जा, गोरखा र कास्की जिल्लाका १–१ जनाको मृत्यु भएको प्रा.डा गौतमले जानकारी दिनुभयो ।
आज काठमाडौँ उपत्यकामा ४ सय ३१ जना सहित थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १० हजार एक सय ७६ जनामा रियल टाइम पिसीआर परिक्षण गर्दा ७ सय ८५ पुरुष र ४ सय १६ महिलामा संक्रमण पुष्टि भएको प्रा.डा जोगेश्वर गौतमले बताउनुभयो ।
यो सँगै हालसम्म संक्रमित हुनेको कूल संख्या ५३ हजार एक सय २० पुगेको छ ।
यस्तै आज थप ८ सय ५२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ जना पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार संक्रमण मुक्त हुनेको दर ७० दशमलव ६ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार आज देशभर संक्रिय संक्रमितहरुको संख्या १५ हजार २ सय ६० जना रहेको छ भने देशभर संस्थागत आइशोलेसनमा ९ हजार एक सय ७ जना र होम आइशोलेसनमा ६ हजार एक सय ५३ जना रहेका छन् ।
यस्तै संक्रमितहरुमध्ये १ सय ६० जनाको आइसियुमा र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हाल ५ सय भन्दा बढी संक्रमितहरु उपचारमा रहेका जिल्लाहरु काठमाडौ र ललितपुर सहित चितवन, सुनसरी, सर्लाही र रुपन्देही रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्