तपाईँ सुन्दै हुनुहुन्छः

करिब २ महिनामा ८ हजार लिटर बढी मदिरा नष्ट

अछाम । अछाम प्रहरीले करिब २ महिनाको अवधिमा आठ हजार पाँच सय बढी अबैध मदिरा र मदिराजन्य पदार्थ नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मातहत रहेका विभिन्न प्रहरी चौकीले अवैध न्यून गुणस्तरको मदिरा, अवैध घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पास गरी आठ हजार पाँच सय २५ लिटर बरामद गरी नष्ट गरेको अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्र सिंह थापाले जानकारी दिनुभयो ।

अछाम प्रहरीले २०७७ साउन १ गते देखि भदौ २५ गते सम्म एक महिना २५ दिनको अवधिमा एक हजार तीन सय ८० लिटर अवैध न्यून गुणस्तको मदिरा, तीन हजार तीन सय ३० लिटर अवैध घरेलु मदिरा र तीन हजार आठ सय १५ लिटर घरेलु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ पास नियन्त्रण लिई सरोकारवालाको रोहबरमा नष्ट गरिएको कार्यालयले जनाएको छ ।

प्रहरीले जिल्लाका १० मध्ये बान्नीगढी जयगढ गाउँपालिका बाहेक अन्य नौ स्थानीय तहमा अनुगमन गरी फेला परेको अवैध मदिरा र मदिराजन्य पदार्थ नष्ट गरेको हो ।

नौ स्थानीय तहका २७ वडाबाट उक्त मदिरा नियन्त्रणमा लिएको हो । प्रहरीले नौ स्थानीय तहबाट एक हजार नौ सय ५१ थान क्वाटर, एक सय १६ वटा पेटी, तीन हजार तीन सय ३० लिटर अवैध घरेलु र तीन हजार आठ सय १५ लिटर मदिरा बनाउन प्रयोग गरिने पास नष्ट गरीएको छ ।

वि.संं. २०४४ साल देखि २०६८ सालसम्म मदिरा निशेधित जिल्ला रहेको अछाममा हाल कानुन अनुसार कारोबार गर्न पाईने व्यवस्था छ । अवैध मदिराले जिल्लामा झै झगडा, घरेलु हिंसा, आत्महत्या लगायतका घटना बढेको सरोकारवालाको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button