तपाईँ सुन्दै हुनुहुन्छः

बारा, पर्साका थप २३ जनामा संक्रमण पुष्टि

वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा बारा, पर्साका थप २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको पछिल्लो विवरण अनुसार ३ सय १५ जनाको थ्रोट स्वाब परिक्षण गर्दा बारा, पर्साका ५ महिलासहित थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

पुष्टि भएका २३ जना सङ्क्रमितमध्ये पर्सा जिल्लाको ९ जना रहेका छन् भने बाराका १४ जना छन् । उनीहरु १४ वर्षदेखि ६१ वर्ष उमेर समुहसम्मका छन् ।

नारायणी अस्पतालका प्रवक्ता चौरसियाका अनुसार पर्सामा थपिएका सङ्क्रमितमध्ये वीरगञ्जस्थित नारायणी अस्पतालको क्वाटरमा बस्ने दुई पुरुष स्वास्थ्यकर्मी पनि रहेका छन् । त्यसैगरी, अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर हस्पिटलका दुई जना महिलामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

पर्सामा थपिएका अन्य संक्रमितमध्ये तीन जना पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ का वासिन्दा रहेका छन् भने एक जना वडा नम्बर १ का बासिन्दा रहेका छन् । त्यस्तै सखुवापर्सौनी गाउँपालिका वडा नम्बर २ का एक व्यक्तिलाई समेत कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर चौरसियाले बताउनुभयो ।

त्यसैगरी, बारामा दुई जना प्रहरीसहित १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ईलाका प्रहरी कार्यालय निजगढमा कार्यरत २ जना सुरक्षाकर्मी सहित निजगढका विभिन्न वडामा अन्य ६ जनामा सङ्क्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताउनुभयो ।

त्यसैगरी बाराको सदरमुकाम कलैया उप महानगरपालिकाको वडा नम्बर ७ मा तिन जना र वडा नम्बर ४, ६ र ८ मा एक–एक जनामा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button