तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनमन्त्रीद्धारा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण 

भैरहवा । पर्यटन मन्त्री योगेश भट्टराईले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निरिक्षण गर्नुभएको छ ।

कोरोना महामारीको समयमा पनि बिमानस्थलको काम निरन्तर भइरहेको बेला मन्त्री भट्टराईले गौतमबुद्ध बिमानस्थलको बारेमा चासो राख्दै डिसेम्बर सम्म सम्पन्न गर्नका लागि सरकार निरन्तर लागिरहेको बताउनु भएको छ ।

२१ वटा राष्ट्रिय गौरबका आयोजना मध्ये पहिलो समापन हुने आयोजना गौतमबुद्ध बिमानस्थल भएको मन्त्री भट्टराईले बताउनुभएको छ । कोरोना महामारीका कारण जनशक्ति बाहिरबाट ल्याउनुपर्ने भएको कारण उपकरण जडान लगायतका काम बाँकी रहेको मन्त्रीले बताउनुभयो ।

दक्ष जनशक्ति ल्याएर आयोजना समयमा नै सम्पन्न गर्न सरकार कटिबद्ध रहेको बिमानस्थल निरिक्षणका क्रममा मन्त्री भट्टराईले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button