तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो

चितवन । पहिरो गएपछि नारायणगढ मुग्लिनसडक खण्ड अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

ईच्छाकामना गाउंँपालिका वडा नम्बर ६ स्थित कालीखोला र चोरखोलाको बीच स्थानमा बिहान ८ बजेर १० मिनट जांँदा पहिरो खसेको थियो ।

बिहान ११ बजे एकतर्फी सञ्चालनमा ल्याईएको उक्त सडकखण्ड अपरान्ह ४ बजे ३५ देखि दुईतर्पी सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।

उहांँका अनुसार झण्डै २ तर्फ नै तीन तीन किलोमिटर जाममा फसेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन । पहिरो गएको स्थान मुग्लिनबाट करीब ४ किमि नारायणगढ तर्फ पर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button