राहतका लागि आएको चामल गोदामै कुहियो
तुलसीपुर । विभिन्न संघसंस्थाले दाङको शान्तिनगर गाउँपालिकालाई दिएको राहतको चामल कुहिएको छ ।
गाउँपालिकाको गोदाममा राखिएको २५ किलोका करिब ४२ बोरा चामल मध्य अधिकांस बोरामा रहेको चामलमा ढुसी लागेको छ भने ८ बोरा चामल पूर्ण रुपमा कुहिएको छ ।
कुहिएको १५ किलो दाल भने गौशालामा लगेर बस्तुभाउलाई खुवाइएको छ । अहिले पनि करिब ६ सय किलो आयोडिन नुन गोदाममा थन्किएको छ ।
लकडाउनको समयमा विपन्न वर्ग तथा काम गरिखाने मजदुर भोकै मर्न नपरोस भन्ने उद्देश्यले विभिन्न संघसंथाले झण्डै ५२ क्वीन्टल चामल सहित दाल, नुन, तेल गाउँपालिकालाई दिएको स्टोर शाखा प्रमुख नन्दराम केसीले जानकारी दिनुभयो ।
गाउँपालिका के भन्छ ?
यता शान्ति नगर गाउँपालिकाले गोदाममा राखेको चामल अलिअलि ढुसी लागेपनि बाहिर हल्ला भएजस्तो नकुहिएको बताएको छ ।
कुहिएको १५ किलो दाल गौशालामा गाईलाई खुवाउन पठाएको भन्दै गाउँपालिका अध्यक्ष कमान सिङ डाँगीले अहिले पनि घरमा खाने छैन भनेर आउने मान्छेलाई दिने गरेको बताउनुभयो ।
जिल्ला बाहिरबाट आएर १४ दिन क्वारेन्टाईनमा बसेर घर जाँदा खाने अन्न नहुने भएकाले उनीहरुलाई दिन चामल राखेपनि लिन नआएपछि गोदाममा मौजदात रहेको अध्यक्ष डाँगीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्