पहिरोमा पुरिएर एक जना बेपत्ता
बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. १० मा पहिरोले पुरिएर एक युवा बेपत्ता भएका छन् । बिहीबार देखी परेको अविरल वर्षाका कारण खसेको पहिरोले बारीमा काम गर्दै आएका बडिगाड गाउँपालिका १० निगालपानीका ३५ वर्षीय दान बहादुर घर्ती मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिनुभएको छ ।
घर्ती शुक्रवार बिहान बारीको तरकारी खेतीको काम गर्दै गर्दा बारी माथिबाट खसेको पहिरोले पुरेर बेपत्ता भएको वडा अध्यक्ष वीरेन्द्र बुढाले बताउनु भएको छ । अहिले बेपत्ता युवकको स्थानीय र प्रहरीको सक्रियतामा खोजी कार्य जारी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्