भालुको आक्रमणबाट एक जना घाइते

सल्यान । सल्यानको कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । लक्ष्मीपुर आरचौरका नर बहादुर समाल भालुको आक्रमणबाट घाइते भएका हुन ।
दिउसो गाई गुवाला गएको समयमा उनलाई भालुले आक्रमण गरेको वडा अध्यक्ष रबिलाल बस्नेतले बताए । भालुले आक्रमण गर्दा समालको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
भालुको आक्रमणबाट घाइते समालको प्राथमिक स्वास्थ्य चौकीमा उपचार पछि घर फर्किएको अध्यक्ष बस्नेतले बताए ।
दुई महिना अघि पनि भालुले एक महिलालाई आक्रमण गरी घाइते बनाएको थियो । बाँके राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरबाट कालीमाटीवासीले सास्ती व्यहोर्दै आइरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्