तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालका डाक्टर र नर्ससहित १९ डिस्चार्ज

बाँके । बाँकेबाट शुक्रबार कोरोना सङ्क्रमण मुक्त भई १९ जना डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोरोना मुक्त भई आज १९ जना डिस्चार्ज भएका हुन ।

श्रेष्ठका अनुसार, भेरी अस्पताल नेपालगन्जका एक डाक्टर र एक नर्स, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मी र बिरामी लगायत अन्य गरी १९ जना डिस्चार्ज हुन लागेका हुन । योसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या नौ सय ७० पुगेको छ ।
भदौ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनिहरुलाई बिभिन्न आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । आइसोलेसनमा १४ दिन बिताएका र कोरोना सम्बन्धि कुनै लक्षण नदेखीएका ब्यक्तिहरुलाई मात्र डिस्चार्ज गर्न लागिएको श्रेष्ठले बताउनुभयो ।

बाँकेमा हालसम्म एक हजार तीन सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये, आठ जनाको मृत्यु भइसकेको छ ।

आज भएका डिस्चार्ज समेत गरी कुल नौ सय ७० जना सङ्क्रमित निको भइसकेका छन भने अब जिल्ला बाहिरका पाँच सङ्क्रमित समेत गरी विभिन्न आइसोलेसनमा तीन सय ९१ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button