तपाईँ सुन्दै हुनुहुन्छः

सडक निर्माणमा निर्माण ढिलाई हुँदा आवातजावतमा समस्या

रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट बजारको मुख्य सडक आरसीसी ढलानको काममा ढिलाई भएको छ ।

खलंगा बजारको साँघुरो बाटोलाई फराकिलो बनाउने गरी दुई बर्ष अघिबाट शुरु गरिएको थियो ।

खलंगाको कालिका मन्दिरदेखि बराहटाकुरा सम्मको पाँच सय मिटर ढलानको काम अहिले सम्म पुरा नहुँदा बजारक्षेत्रको आवतजावतमा समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ ।

गत वर्षको असोज महिनामै सम्पन्न गर्ने भनिएको आरसीसी ढलानको काम म्याद थप गर्दै अहिलेसम्म सकिएको छैन । मुख्य बजार क्षेत्रको बाटो नै अस्तव्यस्त हुने गरी हाल आरसीसी ढलानको काम चलिरहेकाले बजारक्षेत्र नै अव्यवस्थित बनेको छ ।

काम विशेषले सदरमुकाम आउने जिल्लाबासी र स्थानीय सर्वसाधारणलाई समेत बजारक्षेत्रमा सामान्य हिँडडुल गर्न समस्या हुने गरेको छ ।

यति बिल्डर्स कम्पनीमार्फत दुई करोड ७२ लाखमा बजारक्षेत्रको बाटो निर्माण गर्ने गरी भइरहेको आरसीसी ढलानको ठेक्का रहेको छ ।

हालसम्म ७० मिटर बजारक्षत्रेको बाटो भने आरसीसी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button