तपाईँ सुन्दै हुनुहुन्छः

सडक निर्माणमा निर्माण ढिलाई हुँदा आवातजावतमा समस्या

रुकुम- रुकुम पश्चिमको सदरमुकाम मुसिकोट बजारको मुख्य सडक आरसीसी ढलानको काममा ढिलाई भएको छ । खलंगा बजारको साँघुरो बाटोलाई फराकिलो बनाउने गरि २ बर्ष अघिबाट शुरु गरिएको थियो ।

खलंगाको कालिका मन्दिरदेखी बराहटाकुरा सम्मको ५ सय मिटर ढलानको काम अहिले सम्म पुरा नहुँदा बजारक्षेत्रको आवतजावतमा समस्या हुने गरेको सर्वसाधारणको गुणासो छ । गत वर्षको असोज महिनामै सम्पन्न गर्ने भनिएको आरसीसी ढलानको काम म्याद थप गर्दै अहिलेसम्म सकिएको छैन ।

मुख्य बजार क्षेत्रको बाटो नै अस्तव्यस्त हुने गरी हाल आरसीसी ढलानको काम चलिरहेकाले बजारक्षेत्र नै अव्यवस्थित बनेको छ । काम विशेषले सदरमुकाम आउने जिल्लाबासी र स्थानीय सर्वसाधारणलाई समेत बजारक्षेत्रमा सामान्य हिँडडुल गर्न समस्या हुने गरेको छ । यति बिल्डर्स कम्पनी मार्फत २ करोड ७२ लाखमा बजारक्षेत्रको बाटो निर्माण गर्ने गरी भईरहेको आरसीसी ढलानको ठेक्का रहेको छ । हालसम्म ७० मिटर बजारक्षत्रेको बाटो भने आरसीसी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button