तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १९ जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगञ्ज। बाँकेमा आज थप १९ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । मेडिकल कलेज कोहलपुर आइसोलेसनबाट ९ जना, होटल सिटी प्यालेस आइसोलेसनबाट ५ जना, भेरी अस्पतालबाट २ जना तथा अतिथि होटल, खुल्ला कारागार र कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट १/१ जना डिष्चार्ज भएका हुन् ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ सय ७० पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । अब आइसोलेसनमा बाँकेमा ३ सय ८६ र अन्य जिल्लाका ५ जना गरी ३ सय ९१ जना छन् । बाँकेमा हालसम्म १ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । ८ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button