रुखले च्यापिएर किशाेरीकाे मृत्यु
अछाम-अछाममा रुखले च्यापिएर एक किशाेरीकाे ज्यान गएकाे छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्सा निवासी तेज बहादुर थापाकी छाेरी २१ बर्षकी निशा थापाकाे बिहिबार रुखले च्यापिएर ज्यान गएकाे प्रहरीले जनाएको छ ।
बिहिवार घर नजिकैको बनमा दाउरा ल्याउन गएकी निशाकाे दाउराकाे मुढा शरीरमा खस्न गई ज्यान गएकाे हाे । “दाउरा ल्याउने क्रममा माथिबाट सल्लाकाे मुढाले घाँटीमा थिचिन गई घटनास्थलमै ज्यान गएकाे हाे ।” मृतकका भाइ जनक थापाले बताउनुभयो ।
बिहिवार दिउसाे साढे ३ बजेतिर घटना भएको हाे । दाउराकाे मुढा माेटाे रहेकाे र घाँटीमा थिचेर घटनास्थलमै ज्यान गएकाले उपचारकाे पहल नै गर्न नसकिएको परिवारले जनाएको छ ।मृतक थापा जाल्पादेवि मावि ढाँकुमा कृषि जेटिएमा अध्ययनरत थिईन् ।








प्रतिक्रिया राख्नुहोस्