पहिरो गएपछि नारायणगढ मुग्लिनसडक अवरुद्ध

चितवन । पहिरो गएपछि नारायणगढ मुग्लिनसडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालीखोला र चोरखोलाको बीच स्थानमा बिहान ८बजेर १० मिनट जाँदा पहिरो खसेको हो ।
पहिरो ठूलो खसेकोले र हाल उक्त स्थानमा पानी परिरहेकोले सडक खुल्न समय लाग्ने कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । ‘पहिरो पन्छाउन दुईतर्फबाट नै लोडर पठाइसकेका छौं, उहाँले भन्नुभयो, खुल्न दुई, तीन घण्टा लाग्छ होला ।’ पहिरो गएपछि सवारीसाधन जाममा परेका छन् । पहिरो गएको स्थान मुग्लिनबाट करिब ४ किमी नारायणगढतर्फ पर्दछ ।








प्रतिक्रिया राख्नुहोस्