विराटनगरस्थित कोभिड अस्पतालमा १ सङ्क्रमितको मृत्यु

सुनसरी । प्रदेश १ को विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा १ कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
विराटनगर १९ की ४४ वर्षीय महिलाको उपचारको क्रममा बिहीबार राती मृत्यु भएको कोभिड अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिनुभयो ।
ती महिलालाई ५ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार दिउँसो कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । सोही दिन गरिएको पीसरीआर परीक्षणमा संक्रमण देखिएपछि थप उपचारको लागि कोभिड अस्पताल पठाएको कोशी अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिनुभयो ।
यो सँगै कोशीको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्याँ पाँच पुगेको घ भने विराटनगरमा कोरोनाको कारण हालसम्म १६ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्