राजविराज कारागारमा थप ११ सहित १५ जनामा कोरोना संक्रमण

सप्तरी । सप्तरीमा बिहीबार दुई महिलासहित १५ जनामा कोरोना संक्रमण भेटिएको छ । तीमध्ये राजविराज कारागारका ११ जना पुरुष रहेका छन । योसँगै जिल्लामा कूल संक्रमितको संख्या ९८९ पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमूख दुनियालाल यादवका अनुसार राजविराज वडा नम्बर ६ स्थित कारागारमा ३४ र ३५ वर्षीय पुरुष गार्ड, र ४९, ६२, ३२, २५, २४, ६४, २५, ४०, २५ वर्षका कैदीबन्दीमा कोरोना पोजेटिभ पुष्टि भएको छ । यस अघि कारागारमा एक महिला, एक सवारी चालक, र छ जना पुरुष कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको कारागार प्रमुख संजयकुमार राजले जानकारी दिनुभयो ।
योसमेत गरी कारागारमा संक्रमतिको संख्या १९ जना पुगेको बताउनुभयो । त्यस्तै राजविराज नगरपालिका वार्ड नम्बर ३ का ७१ वर्षीय पुरुष, वार्ड नम्बर ६ का २८ वर्षीय पुरुष र गजेन्द्र नारायण सिंह अस्पतालका ३३ र ३८ वर्षीया दुई जना महिलामा बिहीबार संक्रमण भेटिएको प्रमूख यादबले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्