तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा कटुवा पिस्तोलसहित दुई जना पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीको विशेष टोलीले जनकपुरधाम उपमहानगरपालिकालवाट दुई जनालाई कटुवा पिस्तोलसहित आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं .२५ लोहनाका वर्ष २१ को अजयराज कास्यव र वर्ष २४ को सुनिल कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं ७ मुसहरी टोलमा हतियार बिक्री गर्नका लागि ल्याइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेका प्रहरीको विशेष टोलीले प्रदेश २–००३०० प. ७३७७ नं. को मोटरसाइकल रोकी चेक जाँच गर्दा कालो रंगको झोलामा भित्र लुकाई छिपाई राखेको कटुवा पेस्तोल थान एक थान र त्यसमा प्रयोग हुने गोली एक वटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

यस विषयमा थप अनुसन्धान गर्ने काम भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button