सप्तरी कारागारमा दुई गार्ड र नौ कैदी सहित १५ जना संक्रमित
सप्तरी । राजविराज स्थित रहेको सप्तरी कारागारमा दुई सुरक्षा गार्ड र नौ जना पुरुष कैदी बन्दी सहित जिल्ला भरिमा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
कारागारका २४ र ३२ वर्षीय दुई जना पुरुष सुरक्षा गार्ड रहेका छन् भने राजविराज नगरपालिका वडा नम्बर ३ का ७१ वर्षीय पुरुष र ६ नम्बर वडाका २८ वर्षीय पुरुष रहेका छन्, राजविराज नगरपालिकाको वडा नखुलेको ३३ र ३८ वर्षीय दुई महिला रहेको स्वास्थ्य कार्यालय सप्तरी प्रमुख दुनियाला यादवले जानकारी गराउनु भयो ।
त्यसै गरी कारागारकै ९ जना कैदी बन्दी रहेका छन् । हिजो मात्रै जिल्ला भरिमा ३२ जना नयाँ संक्रमित थपिएको सप्तरीमा हाल सम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या नौ सय ८७ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्