तपाईँ सुन्दै हुनुहुन्छः

यस वर्ष अगहनी धान उत्पादनमा वृद्धि हुने

बारा । बाराका कृषकहरूले यस वर्ष ३४ हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा विभिन्न अगहनी धान खेती भएको ज्ञानकेन्द्र बाराले जनाएको छ । यस वर्ष पानी समयमा परेका कारण अगहनी धान उत्पादनमा बढोत्तरी हुने ज्ञान केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले बताउनुभयो ।

कृषकहरूले सोना मंसुली, सावित्री, स्वर्णसवा, राधा ११, ९, ७ जातका धान खेती गरिएको र समय समयमा पानी परिरहेको हुँदा अनि नेपालमा युरिया मलको अभाव भएको समयमा पनि महँगो मूल्य तिरेर भारतीय मल प्रयोग गरेका कारणले उत्पादनमा बढोत्तरी हुने ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

गत वर्ष २०७६÷७७ मा कृषकहरूले कुल ३४ हजार १ सय ६३ हेक्टर क्षेत्रफलमा अगहनी धान खेती गरिएकोमा समयमा पानी नपर्दा र फौजी किराको प्रभावले गर्दा उत्पादनमा ५० प्रतिशत कमी आएको प्रमुख यादवले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button