तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा थप पाँच सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज थप पाँच सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप पाँच सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा चार सय ९५ जना, ललितपुरमा ४३ जना जना र भक्तपुरमा ३४ जना गरी आज उपत्यकामा थप पाँच सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर चार सय दुई जना महिला र आठ सय ४४ जना पुरुष गरी एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५० हजार चार सय ६५ पुगेको छ ।

No photo description available.

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button