चितवनका थप एक कोरोना सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणबाट भरतपुरका थप एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ११ का ६२ वर्षका पुरुषको मृत्यु भएको हो ।
अस्पतालका सञ्चार संयोजक हरि बोहोराका अनुसार श्वासप्रश्वास र निमोनियाबाट ग्रसित उनी भदौ १८ गते अस्पताल भर्ना भएका थिए ।
२१ गते उनको स्वाब परीक्षण गरिएकोमा २२ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । श्वासप्रश्वासमा गम्भीर समस्या आएपछि भेन्टिलेटरको सहायतामा उनको उपचार भइरहेको थियो ।
उनको आज मध्यान्ह १२ बजेर २० मिनेटमा मृत्यु भएको सञ्चार संयोजक बोहोराले जानकारी दिनुभयो ।
योसँगै हालसम्म चितवनका कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या मात्रै १३ पुगेको छ । यहाँ उपचाररत अन्य जिल्लाको समेत गरी कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्