तपाईँ सुन्दै हुनुहुन्छः

बिरिङ खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु

भद्रपुर, झापा । कनकाई नगरपालिका–९ स्थित बिरिङ खोलाले बगाउँदा एक बालकको बुधवार मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–९ स्थित घैलाडुब्बाका १५ वर्षीय गोविन्द साह छन् ।

बुधवार दिउँसो भैँसीलाई पानी खुवाउनका लागि खोलामा लगेको बेला उनलाई खोलाले बगाएको थियो ।

स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button