तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा एकै दिन ३२ जना कोरोना सङ्क्रमित थपिए

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिका गरी बिहीबार मात्रै जिल्लामा १० महिला र २२ जना पुरुष गरी ३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यति धेरै मात्रामा जिल्लामा पहिलो पटक नयाँ सङ्क्रमितहरू थपिएका हुन ।

छिन्नमस्ता गाँपालिकाका वडा नम्बर २ का २७ वर्षीय एक महिला रहेका छन् भने २५, ३२ वर्षीय र एक जनाको उमेर नखुलेको पुरुष रहेका छन् ।

त्यसै गरी राजविराज नगरपालिकाका विभिन्न वडा गरी नौ जना महिला र १९ जना पुरुष गरी जिल्ला भरिमा नै ३२ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या नौ सय ७२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button