तपाईँ सुन्दै हुनुहुन्छः

छतबाट खसेर तनहुँमा एक महिलाको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाउँकी एक महिलाको छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुने महिला ३० वर्षीया मन्जु भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

राती १ः०० बजे डेरा गरी बसेको घरको तीन तला माथिबाट तल खसेकी उनलाई तत्काल दमौली अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको श्रीमान्, बुबा र एक जना छिमेकी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

घर झगडापछि उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button