तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

चितवन । चितवनमा थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधवार राति गरिएको परीक्षणमा चितवनका १४ जना कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका १३ जना, रत्न नगर नगरपालिकाका एक जना रहेका छन् ।

सङ्क्रमितहरू मध्ये भरतपुरका सात पुरुष र छ जना महिला रहेका छन् । उनीहरूको भरतपुर अस्पताल स्वाब केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब सङ्कलन गरिएको हो ।

यस्तै रत्न नगर नगरपालिकाकी २५ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ । उनी क्वारेनटिनमा रहेकी थिइन् ।

पछिल्लो समय चितवनमा सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । भरतपुरमा बुधवार तीन सय १९ नमुना परीक्षणमा तीन सय पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

चितवनमा बिहीबार बिहानसम्म कुल सङ्क्रमितको सङ्ख्या एक हजार ८५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button