एकै गाँउका ४० जनामा भाईरल ज्वरो
डडेल्धुरा । डडेल्धुरामा एकै गाउँका ४० जनालाई भाइरल ज्वरो देखिएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–२ मणिलेकस्थित बगाल र भुलेउडा गाउँका ४० जनालाई भाइरल ज्वरो देखिएको हो ।
पूरै बस्तिमा ज्वरो आएको सूचना आएपछि मंगलबार र बुधबार स्वास्थ्कर्मी त्यहाँ खटिएका छन । मलेरिया लगायतका रोगको परीक्षण गर्न स्वास्थ्कर्मी मंगलबारबाट त्यहाँ खटिएको नवदुर्गा गाउँपालिका स्वास्थ्य शाखाका उप–संयोजक दीपेन्द्र विष्टले जानकारी दिएका छन ।
प्रभावित गाउँमा परिवारका सदस्य समेत गरी ६४ जनाको मलेरियाको जाँच गरिएको छ । उनीहरु ६४ जनाकै रिपोर्ट नेगेटिभ आएको भएपनि १८ जनाको शंकास्पद बिरामी भएकाले मलेरियाको माइक्रोस्कोपिक जाँचका लागि डडेल्धुरा अस्पतालमा ल्याइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
साथै ६४ जनामध्ये ५ जनाको स्क्रब टाइफस जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको नवदुर्गा स्वास्थ्य शाखाले जनाएको छ ।
भाइरल ज्वरो आएकाहरुमध्ये जिनएक्सपर्ट ३ जना, टिबी माइक्रकोपीको लागि ६ जना र कोरोना परीक्षण लागि ७ जनाको स्वाब संकलन गरी डडेलधुरा अस्पताल ल्याइएको छ ।








प्रतिक्रिया राख्नुहोस्