तपाईँ सुन्दै हुनुहुन्छः

इप्रका तुलसीपुरको हिरासत पहिलो पटक खाली 

तुलसीपुर । दाङको ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासत पहिलो पटक खाली भएको छ । सधैजसो भरिभराउ हुने हिरासत खालीभएको हो ।

अपराधिक घटनाको दृष्टिकोणले अग्रपंक्तिमा रहेको पश्चिम दाङको तुलसीपुरको हिरासत पहिलो पटक खाली भएको प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले बताउनुभयो ।

अपराधिक घटनामा कमी र कोभिड –१९ का कारण मुद्दाहरु छिटो फैसला हुने भएकाले पनि हिरासत खाली भएको प्रहरीले जनाएको छ ।

५० देखि ६० जनासम्म कहिल्यै पनि खाली नभएको हिरासत खाली हुँदा अचम्मित परेको अपराध अनुसन्धान शाखा प्रमुख प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका सहित चारवटा स्थानीय तह क्षेत्र भित्र भएका हरेक खालका अपराधिक घटनाको मुद्दा तुलसीपुर प्रहरी मार्फत चल्दै आएको छ ।

स्थानीय नागरिकको सहयोग, बन्दबन्दी र प्रहरीको सक्रियताले पनि अपराधिक घटनामा कमी भएकाले हिरासत खाली भएको अपराध अनुसन्धान शाखा प्रमुख डम्बरपालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button