तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले तहसनहस रामारोशनमा यातायात सुचारु

अछाम । गत भदौ २ गते राती १७ जनाको ज्यान जाने गरी बाढीले सडक सम्पर्क विच्छेद पारेको रामारोशन गाउँपालिकामा यातायात सुचारु गरिएको छ ।

बाढीका कारण सडकमा समेत ठुलो क्षति गरी सडक सम्पर्क टुटेको रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर देखि शान्तडा पुलबजार सम्मको सडक सुचारु गरिएको हो ।

रामारोशन गाउँपालिका तथा अन्य सरोकारवालाको सक्रियता, पहल, अनुगमन र सहकार्यमा सडक पुनः निर्माणको काम सकेर आज शान्तडा पुलबजार सम्मको सडक सुचारु गरिएको गाउँपालिका अध्यक्ष झंकर साउँदले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button