तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणका कारण थप छ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप छ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय १२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले तीन जना महिला र तीन जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौंकी ८३ बर्षीया महिला , कास्कीकी ७३ बर्षीया महिला, बाँकेकी ८० बर्षीया महिलाको मृत्यु भएको हो भने काठमाडौँका  ६७ बर्षीय पुरुष , अर्घाखाचीका ४२ बर्षीय पुरुष, नवलपरासीका ६४ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

Image may contain: text

प्रतिक्रिया राख्नुहोस्

Back to top button