तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा चौथो पटक निषेधाज्ञाको समय थप

बर्दिवास । जिल्ला प्रशासन कार्यालय महोत्तरीले चौथो पटक निषेधाज्ञाको समय थप गरेको छ ।

तेश्रोपटकको अवधी सोमबार मध्यराती सकिएलगत्तै मंगलबार मध्यरातदेखि जिल्लाभरि लागु हुने गरि थप आठ दिनका लागि निषेधाज्ञा जारी गरेको हो । यो अवधी भदौ महिनाभरि कायम रहने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो ।

गत भदौ १ गते पहिलो पटक १० दिन, दोश्रोपटक पाँच दिन र तेश्रोपटक भदौ १५ गते सात दिनका लागि निषेधाज्ञा जारी गरिएको थियो । भदौ लागिकन जिल्लाभरि नै कफ्र्यू (निषेधाज्ञा) जारी भएको हो ।

त्यसअघि नेपाल सरकारले गतसाउन ७ गते लकडाउन हटाएसँगै कोविड–१९ संक्रमण बढेपछि साउन २१ गते जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाका मुख्य बजारक्षेत्र, महोत्तरी गाउँपालिकाको वडा नम्बर ३ र ५ मा साउनभरिलाई निषेधाज्ञा जारी गरिएको थियो ।

भदौ लागेपछि जिल्लाभरि जारी गरिएको निषेधाज्ञाबीच नै संक्रमण ह्वात्तै बढेको छ । जिल्लामा कूल सङ्क्रमित मृतक ११ मध्ये आठको मृत्यु भदौ लागिकन भएको हो । जिल्लामा हालसम्म एकहजार ४२९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button