सुनसरीमा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुनसरी । सुनसरीमा आज २७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
बुधवार थपिएकामा धरानमा दुई महिला एक पुरुष गरी तीन जना, इनरुवामा एक महिला चार पुरुष गरी पाँच जना, भोक्राहामा एक जना पुरुष, इटहरीमा चार महिला छ परुष गरी ११ जना, रामधुनीमा सात जना पुरुष गरी २७ जनामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड–१९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिनुभयो ।
योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार एक सय एक पुगेको छ भने चार सय ४६ जना कोरोना सङ्क्रमण निको भएका छन् ।
सुनसरीमा अहिलेसम्म छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्