झापाको शिवसताक्षी नगरपालिका कार्यालय शिल

झापा । झापाको शिवसताक्षी नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय शिल गरिएको छ ।
नगरपालिकामा आज बिहान बसेको बोर्ड बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै एक साता नगरपालिका कार्यालय शिल गर्ने निणर्य गरेको वडा नं. ९ का वडाध्यक्ष छविलाल पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार नगरका अन्य ११ वटै वडाहरु भने खुल्ला रहने छन् ।
कन्ट्रयाक्ट ट्रेटिङको क्रममा नगरका स्वास्थ्य संयोजक र वडा नं. ६ का तीन जनालाई मंगलबार कोरोना पोजेटिभ देखिएको थियो ।
नगरबासीका अत्यावश्यक कामका लागि वडा कार्यालयहरु खुल्ला गरिने नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्