तपाईँ सुन्दै हुनुहुन्छः

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला परेको छ । नारायणी नदीको टापु लौखानी भनिने स्थान नजिकै पर्ने रातोपानी घोलमा डुबेको अवस्थामा मृत गैंडा भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

अन्दाजी २० बर्षको देखिने भाले गैंडाको टाउकोमा दुईवटा प्वाल भएको अवस्थामा आइतबार भेटिएको हो । ‘नदीको किनारामै डुबेको अवस्थामा मृत भेटिएको हो । ‘टाउकोमा गोली लागेको जस्तो पनि देखिन्छ । तर घटना शकास्पद छ । खाग सुरक्षित नै रहेकोले प्राकृतिक कारण हो वा अन्य कारणले मरेको हो अनुसन्धानमै छौ ।’ उहांँले भन्नुभयो । आइतबार गैंडा मृत भेटिएपनि घटनाको विवरण आजमात्र निकुञ्जले सार्वजनिक गरेको हो ।

निकुञ्जको कार्यालयबाट टाढा रहेकोले गैंडा करीब एकसाता अघिनै मरेको अनुमान गरिएको छ । निकुञ्जमा २०७३ सालयता कुनै पनि गैंडा तस्करहरूले मार्न सकेका थिएनन् । गतमहिना हावाहुरीका कारण ढलेको रुखले च्यापेर एक गैंडाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button