तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ७७ जना डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज थप ७७ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । नेपाली सेनाका ५१ जनासहित जिल्लाका विभिन्न आइसोलेसनबाट उनीहरु डिष्चार्ज भएका हुन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ सय १५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

अब आइसोलेसनमा बाँकेमा ३ सय ४९ र अन्य जिल्लाका ५ जना गरी ३ सय ५४ जना छन् । बाँकेमा हालसम्म १ हजार २ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । ८ जनाको भने मृत्युु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button