तपाईँ सुन्दै हुनुहुन्छः

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button