काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय आज सकिँदै

काठमाडौं- काठमाडौं उपत्यकामा जारी तेश्रो पटकको निषेधाज्ञाको समय आज सकिदैछ ।भदौ ३ गतेदेखि १/१ हप्ता गरी लागु गरिएको निषेधाज्ञा तेश्रोपटक यही भदौ १७ गते बुधबार एकसाताका लागि जारी गरिएको थियो ।
निषेधाज्ञाको अबको खाकाबारे उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरुले सरोकारवाला निकायसँग छलफल गरेका छन् ।यसैबीच नगरपालिका फोरमले अव नीजि सवारीसाधान सञ्चालन गर्दा जोरबिजोर प्रणाली लागु गर्न सुझाव दिएको छ । फोरमको हिजोको बैठकले बैठकले तत्कालका लागि सार्वजनिक यातायातलाई सञ्चालन गर्न नहुने निष्कर्ष पनि निकालेको छ ।
त्यस्तै उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा कडाइ गर्नुपर्ने ठहर गरिएको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।
देशभर हाल ३७ जिल्लामा निषेधाज्ञा छ र त्यसमध्ये उपत्यकाका तीनसहित २६ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको छ ।
निरन्तरले निषेधाज्ञाले जनजीवन असहज बन्दै गएपछि उद्योगी व्यवसायी तथा पेशाकर्मीहरुले निषेधाज्ञा केही खुकुलो बनाउन सुझाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्