बोबाङमा थप एक शव भेटियो, मृतकको संख्या १८ पुग्यो
बागलुङ -बागलुङको पश्चिम ढोरपाटन ९ बोबाङमा भदौ १७ गते आएको बाढीले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ८ रामपुरस्थित वडिगाडखोलाको किनारमा अन्दाजी ३० बर्षिय महिलाको शव मंगलबार फेला परेको हो । शवको पहिचान हुन सकेको छैन ।
हालसम्म मृतकको संख्या १८ पुगेको छ । इलाका प्रहरी कार्यालय बूर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार, सोमबार फेला परेका दुईमध्ये एक शवको मात्रै सनाखत भएको छ ।
शव बोवाङको द्ववाल बस्ने वर्ष ३६ को हेमबहादुर बिक पहिचान भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । भेटिएका १८ मध्ये १७ शवको पहिचान भएको छ । २० जना अझँै बेपत्ता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्