प्रदेश ५ मा आयुर्वेदिक औषधिको परीक्षण तयारी
रुपन्देही-प्रदेश ५ का १ सय जना कोरोना भाइरस संक्रमित बिरामीहरुमा आयुर्वेदिक औषधिको परीक्षणको तयारी भएको छ । परीक्षणका लागि सरोकारवालासँग छलफल शुरु गरिएको सामााजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रदेश ५ मा आयुर्वेदिक औषधिको परीक्षणका लागि प्रदेश सरकारसँग छलफल गरिरहेको छ ।
परिषदले जेठीमधु र त्रिकटु (मरीच, पिप्ली (पिप्ला) र सुठो (सुकेको अदुवा) को मिश्रण) मिसाएर तयार पारिएको आयुर्वेदिक औषधिको परीक्षणका लागि ५ जना स्वास्थ्यकर्मी पठाएको छ । केहीदिन अघि बुटवल आइपुगेका टोलीसँग यसबारे छलफल भइरहेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार परिषदबाट आएको टोलीसँग परीक्षणका मापदण्ड र परीक्षणका लागि आवश्यक पर्ने प्रक्रियाका बारेमा छलफल जारी छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार उक्त औषधी परीक्षणको अनुमति पाइसकेकाले प्रदेश ५ का अस्पतालहरूमा परीक्षण गरिने छ ।








प्रतिक्रिया राख्नुहोस्