तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

रुपन्देही । स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एनआईसियु सेवा बन्द गरिएको छ ।
उक्त शाखामा कार्यरत ५ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो । अस्पताल प्रशासनका अनुसार स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएपछि उक्त शाखालाई निर्मलीकरण गर्नुपर्ने भएकोले सेवा बन्द गरिएको जनाएको छ ।
अस्पतालले सूचना जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म सेवा बन्द गर्ने जनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button