‘क्यानले खोलेको पदपूर्ति आवेदनबारे परिषद्मा जानकारी छैन’
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विभिन्न स्थानमा पदपुर्तिका लागि खोलिएको आवेदनका विषयमा राष्ट्रिय खेलकुद परिषद्मा जानकारी नभएको राखेपका सदस्य सचिव रमेश सिलवालले बताउनुभएको छ ।
सिलवालले पत्रपत्रिका र अनलाईनबाट क्यानले विभिन्न पदका लागि आवेदन खोलेको जानकारी पाएपनि संघले औपचारिक रुपमा प्रक्रिया पुर्याएर जानकारी नदिएको बताउनु भयो ।
खेलकुदको नयाँ कानून अनुसार क्यान स्वायत्त संस्था जस्तै मानिएपनि उसको आर्थिक पक्षका विषयमा सबै प्रक्रिया पुर्याएर काम गरेको छ की छैन भन्ने जानकारी राखेपलाई हुनुपर्ने सदस्य सचिव सिलवालको जोड थियो ।
भविष्यमा अहिले आंशिक रुपमा फुकुवा भएको क्यानलाई समस्या पर्न सक्ने भन्दै सदस्य सचिव सिलवालले जुन जुन पदमा आवेदन खोलेको छ, त्यसका लागि स्वतन्त्र कमिटी गठन गरेर काम गर्न र उनीहरुको स्रोत सुनिश्चित गरेर आइसीसीको गाइडलाइन अनुसार सबै कुराको ध्यान राखेर प्रक्रियागत ढंगले काम गर्नुपर्ने बताउनुभयो ।
क्यानले आइसीसीसँग छलफल गरेर मुख्य प्रशिक्षकसहित जनरल म्यानेजर, फाइनान्स म्यानेजर र टिम ब्यवस्थापकका लागि आवदेन खुल्ला गरेको छ । यसैगरी सातै प्रदेशका लागि एक एक जना प्रशिक्षक पनि आह्वान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्