तपाईँ सुन्दै हुनुहुन्छः

टेबलटेनिस संघले खेलाडीहरुको कोरोना बिमा गरिदिने

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीहरुको कोरोना बिमा गरिदिने भएको छ ।

पुरुष र महिलाका शीर्ष १६ वरीयतामा रहेका खेलाडीको बिमा गर्न लागिएको संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराए । खेलाडीसंगै केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्य, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय अम्पायरहरुको पनि बिमा गरिदिने प्रथम उपाध्यक्ष बज्राचार्यले जानकारी गराए ।

सबैको जनही १ लाखका दरले बिमा गरिने छ । २–३ दिनभित्रै बिमा गरिने संघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button