ट्याक्टरबाट खस्दा एकजनाको मृत्यु
डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाँउपालिकातर्फ जाँदै गरेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको भागेश्वर गाउँपालिका वडा नं.४ ढिमला भन्ने ठाउँमा ट्याक्टरबाट खस्दा कैलालीको कैलारी गाउपालिका २ का २० बर्षिय रञ्जित चौधरीको मृत्यु भएको हो ।
सोमबार साँझ उनी ट्याक्टरबाट खसेर गम्भीर घाइते भएको र उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक बिरेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।
बालुवा लिएर जाँदै गरेको अबस्थामा उक्त ट्याक्टरबाट एक्कासी चौधरी खसेको बताउदै आएका चालक बेलडाडी नगरपालिका ३ का श्यामलाल डगौरालाई प्रहरीले नियन्त्ररणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्