एउटै नगरपालिकाका १९ सहित थप २४ जना संक्रमित
सप्तरी । सप्तरीमा आज मात्रै हनुमाननगर कंकालनी नगरपालिकाका १९, सप्तरी करागारका एक कैदी, करदाता सेवा कार्यालायका एक कर्मचारी र राजविराज नगरपालिका का ३ जना सहित २४ जना नयाँ संक्रमित थपिएका छन ।
नयाँ संक्रमितहरु मध्ये करदाता सेवा कार्यालाय सप्तरीका एक कमचारी र सप्तरी करागारका २३ वर्षीय एक महिला कैदी र राजविराज नगरपालिका वडा नम्वर ११ का तीन जना पुरुषहरु १५, २५ र ५५ वर्षीय रहेका छन् ।
त्यसैगरी हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर ७ का ४, २४, २५, २८ वर्षीय पुरुष र १६, २५, ७५ वर्षीय महिला रहेका छन् भने एक जनाको लिङ्ग खलेको छैन । त्यसैगरी वडा नम्बर ८ का २८ वर्षीय एक पुरुष र वडा नम्वर ९ का ६ जना पुरुष र तीन जना महिला गरी जिल्ला भरिमा २४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालाय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनु भयो ।
योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ९ सय ४० पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्