सुख्खा बन्दरगाह भन्सारद्धारा लक्ष्य भन्दा बढी राजश्व अशुली
वीरगञ्ज । लकडाउन र निषेधाज्ञाको बाबजुदपनि वीरगंजको श्रीसिया स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्य भन्दा बढी राजश्व असुली गरेको छ ।
भन्सार विभागले सिर्सीया सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई दिएको लक्ष्यभन्दा ४ दशमलव ६७ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई अर्थमन्त्रालय भन्सार बिभागले साउनमा १ अर्ब ७८ करोड २७ लाख ८४ हजारको मासिक राजश्व अशुली गर्न लक्ष्य दिएको भएपनि लक्ष्य भन्दा झण्डै ८ करोड बढि अर्थात १ अर्ब ८६ करोड ६० लाख ८५ हजार रुपैया राजश्व संकलन गरेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रबक्ता जगदिश पुर्बेले जानकारी दिनुभयो ।
सुख्खा बन्दरगाह भन्सार कार्यालयले भन्सार महसुल तर्फ ८२ करोड २८ लाख २ हजार, भ्याटतर्फ ९२ करोड ९९ लाख ९५ हजार, अन्त शुल्कतर्फ १० करोड १२ लाख ३३ हजार, सडक निर्माण दस्तुर तथा अन्य महसुल गरी कुल १ अर्ब ८६ करोड ६० लाख ८५ हजार राजश्व असुली भएको प्रबक्ता पुर्बेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्