कोरोना भाइरसको सङ्क्रमणका कारण थप छ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप छ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय छ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एक जना महिला र पाँच जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणबाट मृत्यु हुनेहरूमा काठमाडौँकी ८० बर्षीया महिलाको मृत्यु भएको हो भने सुनसरीका ७० बर्षीय पुरुष, पर्साका ५४ र ६० बर्षीय पुरुष, काठमाडौँका ८५ बर्षीय पुरुष र कपिलवस्तुका ६२ बर्षीय पुरुषको मृत्यु भएको भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्