तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा आजबाट २ बजेसम्म बजार पसल खोल्न पाउने

सुनसरी । सुनसरी जिल्लाभर आज मङ्गलबारबाट दिउँसो २ बजेसम्म व्यवसायीहरुको माग अनुसार बजार खुल्ला हुने भएको छ ।

जिल्लास्तरीय कोभिड–१९ डिसीएमसी को मङ्गलबारको बैठकले उद्योगी, व्यवसायीहरुको माग अनुसार २ बजेसम्म बजार तथा पसल खोल्न पाउने निर्णय गरेको जिल्ला प्रशासन सुनसरीले जनाएको हो ।

यसको अनुगमन गर्न स्थानीय तह र उद्योग वाणिज्य संघलाई जिम्मा दिइएको जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी सूचनामा उल्लेख छ ।

सङ्कट व्यवस्थापन समितिले २ बजेसम्म बजार खुल्ला रहेपनि सैलुन, ब्युटि पार्लर, स्पा, जिमहल भने खोल्न नपाइने निर्णय गरेको त्यस्तै फुटपाथ सामान बिक्री गर्न र दैनिक तथा साप्ताहिक हाट बजार लगाउन पनि नपाईने सूचनामा उल्लेख छ ।

होटल तथा रेष्टुरेष्टहरुलाई अनलाइन अर्डर होम डेलिभरी गर्न तथा ग्राहक आफै आएर प्याकिंग लैजाने व्यवस्था भने गर्न पाईने उल्लेख रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button