तपाईँ सुन्दै हुनुहुन्छः

मनोसामाजिक समस्याविरुद्ध जनचेतना चलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसँग आयोजित परामर्श र छलफलका क्रममा उहाँले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकको विशेष योगदान हुने बताउनुभयो ।Image may contain: one or more people, people sitting, table and indoor

प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो, “कोभिड–१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ ।

Image may contain: 1 person

यसमा मनोचिकित्सकले सक्रिय योगदान गर्नुपर्छ ।” प्रधानमन्धीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो अवसरमा प्राडा सुदर्शन नरसिंह प्रधान, डा पशुपति महत, प्रा डा सरोजप्रसाद ओझा, प्रा डा दिव्यासिंह शाह, डा रितेश थापा, डा सगुन पन्त, डा. अनन्त अधिकारी, डा फणीन्द्र बराल र डा रोशन पोखरेललगायत विज्ञले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपाय प्रस्तुत गर्नुभएको थियो ।रासस

Image may contain: 1 person

प्रतिक्रिया राख्नुहोस्

Back to top button