तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमाई नगरपालिकाले नमुना बस्ती बनाउदै

 
लहान । बस्ने वासको अभावमा घाम र पानीको बेला सास्ती खेप्दै आएका दलित बस्तीमा सिरहाको धनगढीमाई नगरपालिकाले घर बनाईदिएपछी विपन्न एवम् अल्पसंख्यकको रुपमा रहेका सदाय समुदायको मुहारमा खुशी छाएको छ ।

घाम र पानीमा ओत लाग्ने फुसको घरमा वर्षौ देखि कष्टकर जीवन ब्यतित गरिरहेका वडा नं. १२ का विपन्न सदाय समुदायहरुको लागि नगरपालिकाले नमूना बस्ति बनाउन थालेपछी उनीहरु खुशी भएका हुन् ।

तराई मधेश समृद्धि विकास कार्यक्रम र नगरपालिकाको संयुक्त लगानीमा आठ वटा सुविधा सम्पन्न घर निर्माण गरेको धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले बताएका छन् ।

चालू आ.ब. मा लोकमार्ग भन्दा उत्तरवर्ती क्षेत्रमा रहेको उक्त सदाय वस्तिमा ३२ घर परिवारको लागि नमूना घर बनाउने लक्ष्य राखिएको प्रमुख चौधरीले बताए । आगामी बर्षमा नगर कार्यपालिकाले छुट्याएको बजेटबाट आठ वटा मात्र घर बनेका छन् भने अवको आउने वर्षहरुमा घर निर्माणले निरन्तरता पाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको कथन छ ।

बर्सेनि बस्ने वास र खानेपानीको चरम अभाव खेप्दै आएका उक्त वस्तिका स्थानीयलाई खानेपानी संगै नयाँ घर एकसाथ बनाई दिएपछि उनिहरु खुशी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button