तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकीमा आज ११ जनामा कोरोना संक्रमण

पर्वत । गण्डकी प्रदेशमा आज बिहान थप ११ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार आज बिहान २ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकाका ३ जना महिला र २ जना पुरुष, कावासोती नगरपालिकाका १ जना महिला रहेका छन् । यस्तै, कास्कीको पोखरा महानगरपालिकाका पाँचजनामा पनि संक्रमण रहेको पाइएको छ । पोखरामा २० देखि ४२ वर्ष उमेर समूहका ५ जना पुरुष संक्रमित भएको निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेज भरतपुरको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले बताउनुभयो ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या दुई हजार ६१२ पुगेको छ । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा २० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button