अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

नेपालगन्ज । बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत अर्घाखाँचीका कोरोना संक्रमित एक पुरुषको आज विहान मृत्यु भएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर १२ का ४२ बर्षीय पुरुषको विहान ९ः२० बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
ट्रिपर चालक ती पुरुष साउन २७ गते दुर्घटनामा परी भैरहवाको युनिभर्सन मेडिकल कलेजमा भर्ना भएका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको आशंकामा भदौ ४ गते स्वाब लिएर परिक्षण गर्दा भदौ ५ गते रिपोर्ट पोजिटिभ आएको थियो । सोही दिन उनलाई युनिभर्सलले भैरहवाकै भिम अस्पतालमा रिफर गरेको थियो ।
त्यहाँ पनि उनको स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरी उपचार थालिएको थियो । गम्भीर खालको निमोनियाबाट ग्रसित ती पुरुषको उपचारका क्रममा आज विहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
यसअघि पनि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बाहिरी जिल्लाबाट आई उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो । ती मध्ये एक जना कैलाली र अर्का एक जना अछामका थिए ।








प्रतिक्रिया राख्नुहोस्